काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको ५५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । शुक्रबार चाँदी तोलाको २ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्