Skip to content

जेनजी आन्दोलन प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको सहुलियत, अटो लोनको ‘लोन टु भ्यालु रेसियो’ ८० प्रतिशत कायम (पूर्णपाठ) 

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलन प्रभावित व्यवसायीका लागि सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै किस्ता तिर्ने म्याद थप , ०.५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउने र सवारी साधनको ‘लोन टु भ्यालु रेसियो’ ८० प्रतिशतसम्म कायम गर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्षता प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी देहायका सर्तहरूको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना २०८२ पुस मसान्तभित्र गरिसक्नु पर्नेछ र उपर्युक्तबमोजिम पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था गरेको छ।
जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग ‘फरवार्ड÷ ब्याक राउन्ड÷लिंकेज’ भएका ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी ऋणीले बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम असुल उपर गरी देहायका सर्तहरूको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकको व्यवस्था अनुसार यो व्यवस्था पनि पुस मसान्तभित्र गरी सक्नु पर्ने छ ।
(पुर्णपाठ) 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime