काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बिमितहरुको सम्पत्तिमा भएको क्षतिको दाबी फछ्र्यौटलाई तिब्रता दिएको छ । कम्पनीले आफ्नो प्रतिवद्धता अनुरुप ग्राहकमैत्री सेवा र द्रुत गतिमा बीमा दाबी भुक्तानी गर्दै आएको जनाएको छ ।
भदौ २३ र २४ मा भएको क्षतिमध्ये कम्पनीले छोटो समयमै ४० भन्दा बढी बिमितलाई करिब ३० करोड रुपैयाँको दाबी भुक्तानी गरेको जनाएको छ । ‘राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिवद्धता अनुरुप विमित ग्राहकहरुले भोग्नु
परेको कठिन परिस्थितिमा तत्काल राहत पु¥याउन तथा राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि दाबी भुक्तानीलाई छिटो, सहज र पारदर्शी बनाउँदै आएका छौं’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दाबी प्रकयालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रकृया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मुल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गर्दै आएको जनाएको छ ।
इन्स्योरेन्सले २०७२ को भूकम्प तथा गतवर्ष आएको बाढीका कारण सृजित बीमा दाबीको समेत पारदर्शी र दु्रत गतिमा बीमा दाबी भुक्तानी गरी दाबी भुक्तानीमा अग्रणी पहिचान स्थापित गर्न सफल रहँदै आएको जनाएको छ । आगामी दिनहरुमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन कम्पनी निरन्तर कटिबद्ध रहेको कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्