Skip to content

भगवती हाइड्रोपावरले २० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

nabil bank
काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
असोज १० गते बसेको कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषण गरेको हो । जसमा बोनस १४ प्रतिशत र करसहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।
लाभांश घोषणा गरेको कम्पनीले कात्तिक २ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज २१ गते बुक क्लोज गर्ने जनाएको छ । असोज २० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेका लाभांश पाउने छन् । सभा आव्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे सुरु हुनेछ।
सभामा पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिको गठन र संख्या परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime