Skip to content

अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट: नागढुंगा टनेल, तनहुँ जलविद्युत आयोजनाका विषयमा छलफल

nabil bank

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच भेट भएको छ ।

आज भएको भेटमा हालको परिवर्तित अवस्था, नेपाल(जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको छ ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको जानकरी गराए ।

यस अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए । त्यस अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना लगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर र सिन्धुली सडक (बाढी प्रभावित) को आपतकालीन पुनर्स्थापनाका विषयमा छलफल भएको छ ।

भेटमा अर्थसचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह-सचिव धनिराम शर्माको समेत उपस्थिति मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी गराए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime