काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।
आज छापावाला सुनको प्रतितोला मूल्य २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि सुनको मूल्यले २ लाख २३ हजार रुपैयाँको नयाँ रेकर्ड बनाएको थियो। गत शुक्रबार भने सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
यता चाँदीको भाउ पनि तोलामा २ हजार ८ सय १० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला २ हजार ७ सय ४० रुपैयाँका दरले कारोबार भएको थियो।






प्रतिक्रिया दिनुहोस्