काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले पार्टी खोल्ने भएका छन् । उनले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उनले असोज ७ गते आयोगमा ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर चुनाव चिन्ह माटो राखेका छन् ।
उनले भनेका छन्- ‘निर्वाचन आयोगले सुचना आउट गरिहालेछ ! पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ हो ! चुनाव चिन्ह ‘माटो’ हो ! भ्रम नछर्न या भ्रमित नबन्न अनुरोध !’






प्रतिक्रिया दिनुहोस्