काठमाडौं । काठमाडौं महानगरपालिकाले सिटी मार्केटका व्यवसायीलाई हटाउने भएको छ ।
काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको सिटी मार्केटलाई गणेश इलेक्ट्रोनिक्सले ठेक्कामा लिएको थियो । २०७२ पुस २२ मा सम्झौता अनुसार इलेक्ट्रोनिक्सले ठेक्का लिएको थियो । सम्झौता बमोजिम कार्य नभएको र उक्त सिटी मार्केट भत्काई त्यस स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न लागेको जनाएको छ ।
भदौ १५ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको बैठकले गणेश इलेक्ट्रोनिक्सले कबोल गरेको वार्षिक २ करोड ७१ लाख रुपैयाँलाई मार्केटमा रहेका पसल कवलको सङ्ख्याको अनुपातमा हुन आउने रकम उक्त मार्केटमा सञ्चालनमा रहेका व्यवसायीले तिर्न बाँकी रकम दाखिला गरेपछि मात्र धरौटी रकम फिर्ता गर्ने जनाएको छ । हाल सिटी मार्केटमा रहेका २७ व्यवसायीहरू रहेका छन् । उनीहरुलाई ३ महिनाभित्र अन्यत्र सरी उक्त स्थान खाली गर्न महानगरले निर्देशन दिएको छ ।






प्रतिक्रिया दिनुहोस्