Skip to content

दसैं अघि बढेर बन्द भयो सेयर कारोबार

nabil bank

काठमाडौं । दसैं अघिको सेयर बजारमा हरियाली छाएको छ ।

दसैं अघिको अन्तिम कारोबार दिन बजार ११.५१ अंकले बढेर परिसूचक २६६३.५१ बिन्दु कायम भएको छ ।

३१४ कम्पनीको ७५ लाख ११ हजार १९३ कित्ता सेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज १७० कम्पनीको मूल्य बढेको छ भने ६९ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा होटल, ट्रेडिङ र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेका छन् । आज बजारमा बैंकिङ समूहको उपसूचकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime