Skip to content

दसैंमा वाणिज्य बैंकले कुन–कुन शाखाबाट सेवा दिँदै छन् ?

nabil bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा पनि सेवा दिने भएका छन् । फूलपातीदेखि अधिकांश क्षेत्रमा दशैं बिदा सुरु हुने भएका पनि बैंकहरुले आफ्ना ग्राहकलाई विभिन्न ठाउँका ब्रान्चहरु खुला राखेर सेवा दिने भएका हुन् ।

दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । विशेष गरी वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंक काउन्टर खोल्न लागेका हुन् ।

दसैँको बिदाका विभिन्न दिनमा नबिल बैंकको ३१ वटा शाखा सञ्चालनमा रहने रहेको भएको छ । यस बैंकमा कोसी प्रदेशका ८ वटा ब्रान्च, मधेस प्रदेशको २ ब्रान्च, बागमती प्रदेशको १४ ब्रान्च, गण्डकीको पोखरा ब्रान्चमात्र खुला रहने, लुम्बिनीको ४ वटा ब्रान्च, कर्णालीको एक र सुदूरपश्चिमको एउटामात्र ब्रान्च खुला रहने नबिल बैंकले जनाएको छ ।

सानिमा बैंकको उपत्यका भित्रका २२ ब्रान्च, कोसी प्रदेशको २४ वटा ब्रान्च, मधेस प्रदेशमा १४ वटा ब्रान्च, बागमती प्रदेश उपत्यका बाहिरका १० वटा ब्रान्च, गण्डकीको ४ वटा शाखा, लुम्बिनी प्रदेशको ११ वटा शाखा, कर्णालीको १ शाखा र सुदूरपश्चिमको २ वटा ब्रान्चको काउन्टरबाट बैंकले आफ्ना ग्राहकलाई सेवा दिने जानकारी दिएको छ ।

ग्लोबल आईएमई बैंकको फूलपातीको दिन कोशी प्रदेशमा ८, मधेस प्रदेशमा ६, बागमती २४, गण्डकी प्रदेशमा ७ वटा शाखा, लुम्बिनी प्रदेशमा ७ वटा, कणाली प्रदेशमा १, सुदूरपश्चिम प्रदेशमा ७ वटा शाखाबाट बैंकले सेवा विस्तार गर्ने जानकारी दिएको छ । यसैगरी, ग्लोबलले महाअष्टमीको दिन कोसीबाट २ वटा, महेशबाट ३ वटा, बागमतीबाट, ९ वटा, गण्डकीबाट २ वटा, लुम्बिनीबाट ३ वटा, सुदूरपश्चिमबाट ४ वटा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले दशैका विभिन्न दिनमा आफ्ना २२ वटा शाखा सञ्चालनमा नै रहने जानकारी दिएको छ ।

लक्ष्मी सनराईज बैंकले पनि आफ्ना विभिन्न शाखा खोल्ने जानकारी दिएको छ ।

यसैगरी, कुमारी बैंकले दशैका विभिन्न दिनमा कोशी प्रदेशका ८ वटा शाखा, मदेशको २ वटा, बागमतीका १४, गण्डकीको १, लुम्बिनीको ४, कर्णालीको १ र सुदूरपश्चिमको १ शाखा सञ्चालनमा रहने जानकारी दिएको छ।

कृषि विकास बैंकले आफ्ना विभिन्न ब्रान्चहरू सूचना जारी गरेको छ । यस बैंकले फूलपातीको दिन देशभरको १७ वटा शाखा खुला रहने जानकारी दिएको छ ।

यसैगरी, नेपाल बैंकको कोशीमा १ शाखा, लुम्बिनीमा १ शाखा, बागमतीमा एक शाखा खुल्ने छ । बैंकको भन्सार शाखामात्र सञ्चालन गरिन लागेको हो ।

यसैगरी, प्रभु बैंकको उपत्यकाको ४ वटा शाखा र उपत्यका बाहिरको १४ वटा शाखा १० बजेदेखि १ः३० बजेसम्म खुला हुने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले फूलपातीमा १० शाखा खोल्ने, अष्टमीमा ११ वटा शाखा र नवमीमा ८ वटा शाखा खोल्ने जानकारी दिएको छ । टीकाको दिन बैंकको कुनै पनि शाखा खुल्दैन । टीकाको भोलिपल्ट बैंकको ७ वटा शाखा सञ्चालनमा रहने छ ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime