काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दसैंमा पनि सेवा दिने भएका छन् ।
फूलपातीदेखि अधिकांश क्षेत्रमा दसैं बिदा सुरु भएको छ । तर, बैंकहरुले केही शाखा खोलेर सेवाग्राहीलाई सेवा दिने भएका छन् ।
दसैं बिदाको समयमा बैंकले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने जनाएका हुन् । विशेष गरी वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंक काउन्टर खोल्न लागेको जनाएका छन् ।
बैंकहरुले सबै शाखा भने खोल्ने छैनन् । आफ्नो शाखा पुगेका प्रदेशमध्ये उपत्यकासहित विभिन्न प्रदेशका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिने जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्