काठमाडौ । हुन्डाई गाडीको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ सेवा सुरु गरेको छ । असोज ११ देखि सुरु गरेको यो योजना असोज १४ सम्म रहने छ । यो सेवा बिहान १० देखि बेलुका ६ बजेसम्म उपलब्ध हुने जनाइएको छ ।
दसैं मनाउन आफ्नो घर जाने हुन्डाई ग्राहकहरुको सुरक्षित र झन्झटरहित यात्रा गर्न मुख्य राजमार्गहरुका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइने जनाएको छ ।
हुन्डाईले आफ्ना दक्ष प्राविधिकहरू सहित ११ प्रमुख स्थानहरु ९हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र तनहुँ लगायत देशका महत्त्वपूर्ण राजमार्गमा गाडीको निःशुल्क २६ पोइन्ट चेकअप सुविधा उपलब्ध हुने जनाएको छ ।
कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेंट र कुलेंट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ। विद्युतीय सवारी साधनका लागि पोर्टेबल डी।सी चार्जरहरू पनि उपलब्ध हुनेछन्। यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकहरूलाई सवारी साधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य रहेको जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्