Skip to content

तुइनखोलामा पहिरो खस्यो, दुईतर्फी सडक अवरुद्ध

nabil bank

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने तुइन खोलामा पुनः पहिरो खसेको छ । पहिरोका कारण केही समययता दुवै तर्फका यातायात अबरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि उक्त स्थानमा पहिरो खसेको र दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो ।

यो समाचार तयार पार्दासम्म पहिरो खस्न नरोकिएको बताइएको छ  । पहिरो खस्न रोकिएपछि बाटो खुलाउनका लागि आवश्यक उपकरण तयारी राखिएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime