Skip to content

आईएमएफले स्वीकृत गर्‍यो ईसीएफ, नेपालले अन्तिम किस्ता पाउने

nabil bank

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई दिने विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार, आईएमएफको विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको छैटौं समीक्षा सम्पन्न भएको छ । उक्त बैठकले ईसीएफ स्वीकृत गरेको हो ।

अर्थमन्त्री खनालले आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ छैटौं समीक्षालाई अनुमोदन गरेको जानकारी गराए । यो सँगै अब नेपालले करिब ४ करोड अमेरिकी डलर रकम प्राप्न गर्नेछ ।

आइएमएफ कार्यकारी बोर्डले २०७८ पुसमा नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । नेपालले यसअघि पाँचौ किस्ता पाइसकेको छ । अब छैटौ किस्ता पनि पाउने भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime