Skip to content

राष्ट्रपति रामचन्द्र पौडेलबाट दशैंको टीका ग्रहण

nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरे ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गरे ।

हनुमानढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टीका र जमरा ग्रहण गरे । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाइदिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime