Skip to content

भारी वर्षा र विपद् जोखिमका कारण लामो दूरीका सवारी साधन बन्द

nabil bank

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै लामो दूरीका सवारी साधन आवागमनमा अस्थायी रोक लगाएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षा भई बाढी, पहिरो तथा डुबानको जोखिम उच्च हुने भएकाले सुरक्षाका लागि यस्तो कदम चालिएको प्राधिकरणले जनाएको छ।

अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन सञ्चालन नगर्न, जिल्ला प्रशासन र सुरक्षा निकायले तोकेको निर्देशनलाई कडाइका साथ पालना गर्न, यात्रु र चालकलाई विशेष सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ।

यसैगरी, काठमाडौं उपत्यका भित्रिने र बाहिरिने विभिन्न लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनलाई असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

यात्रु र सर्वसाधारणलाई सुरक्षित रहन, अनावश्यक यात्रा नगर्न र आवश्यक जानकारीका लागि रेडियो, टेलिभिजन तथा अनलाइन समाचार माध्यमबाट आधिकारिक सूचनामात्र प्राप्त गर्न आग्रह गरिएको छ।

प्राधिकरणले तीन दिनसम्म विशेष सतर्कता अपनाउन र सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।

May be an image of text

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime