चितवन । नारायणघाट–बुटवल सडकखण्ड (दाउन्ने क्षेत्रसहित) हालसम्म कुनै पनि अवरोध बिना सञ्चालनमा रहेको सडक विभागले जनाएको छ। शनिबार साँझ १६:४० बजेसम्म सडकमा सवारी आवागमन सामान्य रूपमा भइरहेको छ।
यद्यपि सुरक्षात्मक कारण देखाउँदै काठमाडौँतर्फ जाने सवारी साधनहरूलाई बर्दघाटस्थित टिसिएन चोकमा रोकिएको छ। प्रशासनले सम्भावित जोखिमको आँकलन गर्दै दाउन्ने खण्डमा राति यात्रा गर्न रोक लगाउने तयारी पनि गरेको जनाएको छ।
सडक क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो तथा अन्य विपद् जोखिम अझै कायम रहेको अधिकारीहरूले चेतावनी दिएका छन्।
जनताको सुरक्षालाई प्राथमिकता दिँदै प्रशासनले जारी गरेका निर्देशन र अनुरोधको पालना गर्न सबै यात्रु र सर्वसाधारणलाई आग्रह गरिएको छ।
सरकारले जारी गरेको सूचनामा भनिएको छ, “सम्भावित विपदसँग लड्न सहयोग गर्नु हामी सबैको दायित्व हो, त्यसैले सुरक्षित यात्रा गर्न र प्रशासनका निर्देशन पालना गर्न आग्रह गर्दछौं।”






प्रतिक्रिया दिनुहोस्