चितवन । लगातार वर्षासँगै मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला, काली खोला तथा फिस्लिङदेखि उत्तरतर्फका विभिन्न स्थानमा पहिरो र ढुङ्गा खस्दा सडक अवरुद्ध भएको छ। हाल सम्बन्धित निकायले ती स्थानहरूमा पहिरो हटाउने कार्य जारी राखेका छन्।
यस्तै, धादिङ र तनहुँ लगायतका छिमेकी जिल्लाका सडक खण्डहरूमा पनि पहिरो र ढुङ्गा खसेर आवागमन प्रभावित भएको र ती स्थानहरूमा समेत सडक खोल्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ।
सडक डिभिजन चितवनका अनुसार सुरक्षित स्थानमा रहेका सवारी साधनहरूलाई लेन अनुशासनमा रहि यथास्थानमा नै बस्न अनुरोध गरिएको छ।
सडक खुल्नेबित्तिकै पुनः आवागमन सुरु हुने र त्यस सम्बन्धी जानकारी तुरुन्त सार्वजनिक गरिने जनाइएको छ।
यात्री तथा सवारी चालकहरूलाई वर्षा र पहिरोको उच्च जोखिमका कारण अत्यावश्यक बाहेक यात्रा नगर्न तथा सुरक्षाकर्मीको निर्देशनअनुसार मात्रै यात्रा गर्न आग्रह गरिएको छ।






प्रतिक्रिया दिनुहोस्