काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा २५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
छापावाल सुनको मूल्य तोलाको २ लाख ३३ हजार १०० रुपैयाँमा कायम भएको छ । आइतबार सुनको मूल्य एकै दिन तोलामा ७ हजार ४०० रुपैयाँले बढेको थियो । आइतबार छापावाल सुन तोलाको २ लाख ३० हजार ६०० मा किनबेच भएको थियो ।
यसैगरी आज चाँदीको मूल्यले पनि नयाँ उचाइ बनाएको छ। आज चाँदी तोलामा ३० रुपैयाँ बढेर २ हजार ९ सय६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा २ हजार ९ सय ३० रुपैयामा खरिदबिक्री भएको थियो ।






प्रतिक्रिया दिनुहोस्