काठमााडौं । एसवाई प्यानल नेपाल कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयसम्म मात्रै आईपीओमा आवेदन दिन पाउनेछन्
। कम्पनीले आयोजना प्रभावितका लागि असोज ७ गते आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न लागेको छ । जसमा २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँको २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गरेको छ । उद्योग प्रभावित स्थानीयमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानियले आवेदन दिन पाउनेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानियले एसवाई प्यानल नेपालका साथै प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्