काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार प्रतितोला २ हजार ३०० रुपैयाँ बढेको छ भने चाँदी स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको हो ।
यसैगरी, आज चाँदीको मूल्य भने स्थिर भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँ नै तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।






प्रतिक्रिया दिनुहोस्