Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा डेढ करोड सहयोग

nabil bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आज अर्थमन्त्री रामेश्वर खनाललाई १ करोड ५० लाख रुपयाँको चेक हस्तान्तरण गरे ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको र सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा उक्त रकम सहयोग गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जनाएको छ । सहयोग गरेको उक्त रकमले क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका निम्ति सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime