काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा अप्रत्यक्ष रुपमा प्रतिबन्ध लगाउने गरी ल्याएको सेयर किनबेचको नीति परिवर्तन गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्म बिक्री गर्न पाउने व्यवस्था थियो ।
महाप्रसाद अधिकारी गभर्नर हुँदा बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न नै रोक लगाउने गरेर सेयर किन्न मिल्ने तर,बेच्नको लागि रोक्ने नीति लिएका थिए । उनले शुरुमा प्राथमिक पुँजीको १ प्रतिशतमात्र बेच्न पाउने नीति लिएका थिए ।
त्यसलाई संसोधन गरेर २० प्रतिशत बनाइएको थियो । तर,राष्ट्र बैंकले जेनजी आन्दोलनपछि सेयर किनबेचमा बैंक तथा वित्तीय संस्थालाई लगाइएको अप्रत्यक्ष प्रतिबन्ध हटाएको छ ।






प्रतिक्रिया दिनुहोस्