Skip to content

सुनको मूल्यमा रोकिएन रेकर्ड ब्रेकको निरन्तरता, चाँदीको मूल्य घट्यो

nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेकलाई निरन्तरता दिएको छ । आज पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २  हजार ६०० रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । बुधबारको चाँदी प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime