Skip to content

लिचीबारी जग्गा प्रकरणः पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध मुद्दा दायर, ७८ लाख बिगो दाबी

nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठसहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुलाई ७८ लाख बिगो दाबी गरिएको छ । जग्गा हिनामिना गर्ने योजनासहित ‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएको थियो ।

गत असार २८ मा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो । कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकुलको व्यक्ति व्यवस्थापन गरिदिने आश्वासनसहित उनले त्यो रकम लिएका थिए ।

अदालतको फैसलाअनुसार, जग्गा दर्ता गरिदिनुपर्ने र त्यसका लागि अनुकूलको व्यक्तिलाई मालपोत प्रमुख बनाइदिने आश्वासनमा घुस लिएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

आयोगले बनाएको प्रतिवादीमा मन्त्रीद्वयका साथै मालपोत कार्यालय कास्कीका तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारी र घुस डिल प्रकरणमा संलग्न सुजनकुमार तामाङ, एमकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुन रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime