Skip to content

भूमि समस्या समाधान आयोग खारेज, चारजना डिआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

nabil bank

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको छ ।

यसैगरी, सरकारले नेपाल प्रहरीका चारजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime