Skip to content

डा. भुसालले गाँजा सेवन गरेर माइतीघरमा आन्दोलन गर्न गएको पुष्टि, सुधार गृहमा राख्ने सर्तमा रिहा

nabil bank

काठमाडौं । डा. निकोलश भुसालले आज माइतिघरमा आन्दोलन गर्न जाँदा गाँजा सेवन गरेर गएको पाइएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेका उनको आज स्वास्थ्य परिक्षण गर्दा लागू औषध गाँजा सेवन गरेको पुष्टि भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार आन्दोलनका क्रममा पक्राउ परेका उनको स्वास्थ्य परिक्षण गर्दा लागु औषध सेवन गरेको पुष्टि भएको हो ।

स्वास्थ्य परिक्षण लागू औषध सेवन गरेको पुष्टि भएपछि उनलाई सुधार गृहमा राख्ने सर्तमा परिवारका सदस्यको जिम्मा लगाएर रिहा गरिएको छ ।

भुसालसँगै पक्राउ परेका उनीसहित ४४ जना आजै रिहा भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime