Skip to content

जेनजी आन्दोलनका क्रममा भएका क्षतिबाट २३ अर्ब २२ करोड बीमा दाबी, १ अर्ब २९ करोड भुक्तानी

nabil bank

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी पुगेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार बुधबारसम्म उक्त रकम सबै निर्जीवन बीमा कम्पनीबाट २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दबी भएको हो ।
विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार ९९ वटा बीमा दाबीको करिब २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको निर्जीवन बीमा कम्पनीहरूले प्राधिकरणलाई जानकारी गराएका छन् ।

निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime