Skip to content

लिचीबारी जग्गा प्रकरणः सचिवलाई घुस- ग्लेनफिडिच रक्सी र २ वटा वन कुखुरा

nabil bank

काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमामा जोडिएका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका तत्कालिन सचिवले घुस बापत नगदसहित ग्लेनफिडिच रक्सी र २ वटा वन कुखुरा लिएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठसहित सातजनाविरुद्ध ७८ लाख बिगो दाबी सहित विशेष अदालतमा दायर गरेको मुद्दामा सचिवले उक्त घुस लिएको उल्लेख छ ।

मन्त्रालयका तत्कालिन सचिव अर्जुन प्रसाद पोखरेल (हाल अवकाश प्राप्त) ले ५ लाख नगद १० हजारको सामान घुस लिएका छन् । उनले त्यती मात्रै होइन, ग्लेनफिडिच रक्सी र २ वटा वन कुखुरा समेत घुस रिसवत लिएको आयागले जनाएको छ । यस विषयमा छुट्टै मिसिल खडा गरी अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने आयोगले दायर गरेको मुद्दामा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime