Skip to content

संघीय राजधानीसँग जोड्ने सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न मन्त्री घिसिङको आग्रह

nabil bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगमनमा गएका मन्त्री घिसिङले यस्तो आग्रह गरेका हुन् । उनले बाढी-पहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका छन् ।

बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको छ ।

गत वर्षको बाढीले बीपी राजमार्गको भकुण्डे-नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो । गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ । कही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime