Skip to content

एमाले महासचिव पोखरेलको प्रश्नः गृहमन्त्री राज्य चलाउन चाहन्छन की अपराधीको संरक्षण गर्न ?

nabil bank

भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गृहमन्त्रीले राज्य चलाउन कि अपराधीको संरक्षण गर्न खोजेको भन्ने स्पष्ट नभएको बताएका छन् ।

नेकपा एमाले भक्तपुरले गुण्डुमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले गृहमन्त्रीले प्रतिशोधको राजनीति गरेको र अपराधीको पक्षमा ढाल बनेर उभिएको बताए ।

‘अहिलेका गृहमन्त्री राज्यको नेतृत्व गर्दैछन् कि आपराधिक समुहको संरक्षण ?’ महासचिव पोखरेलले भने, ‘गृहमन्त्री जेलबाट भागेका अपराधी पक्राउ गर्न रोक्छन् । लुटपाट र हत्यामा संलग्नलाई संरक्षण गर्दछन् । यस्ता व्यक्तिबाट कसरी देशको गृहमन्त्रालय सञ्चालन हुन्छ ? शान्ती सुरक्षा कसरी कायम हुन्छ ?’

गृहमन्त्रीले प्रहरीको मनोबल उठाउने भन्दा गिराउने काम गरिरहेको उनले बताए । महासचिव पोखरेल प्रधानमन्त्री सुशीला कार्की नै संविधान विपरित प्रधानमन्त्री भएको दाबी गर्दै दलहरुको सहमतिमा संविधान संशोधन गरेर उनलाई नै प्रधानमन्त्री बनाउन दलहरु तयार रहेको बताए ।

‘मुलुकमा उत्पन्न परिस्थितीका कारण उहाँको नियुक्तीलाई हामीले मौनता साध्यौं तर उहाँ प्रतिशोधपूर्ण ढंगले अघि बढ्न खोज्नु भएको छ’ उनले भने ।

महासचिव पोखरेलले वर्तमान सरकारको मुख्य कार्यभार निर्वाचन भएको उल्लेख गरे । उनले देशमा सुरक्षाको प्रत्याभुति नदिलाई,प्रहरीको मनोबल नउठाइ,लुटिएका हतियार फिर्ता नगराई निष्पक्ष निर्वाचन हुन नसक्ने बताए । ‘सरकार दलहरुसँग संवाद, छलफल नगरी निर्वाचनको नाटक गर्दैछ’ महासचिव पोखरेलले भने ‘असोज १८ पछि ज्ञानेन्द्रले पनि यस्तै चुनावको नाटक मञ्चन गरेका थिए । तर त्यसले बैद्यता पाएन । अहिलेको सरकारले गर्ने निर्वाचन पनि त्यही बाटोमा जाने खतरा छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime