Skip to content

सुन तस्करी प्रकरणः  पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

nabil bank

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

झन्डै ८ करोड ५५ लाख रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

२०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी ली हाङसङले २ वटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट अबैध रुपमा ल्याएको थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं हुदै नेपालमा ल्याउँदै गरेको अवस्थामा उक्त सुन जफत भएको थियो । ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँको सुन वेचबिखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको देखिएको छ ।

भन्सार ऐन,२०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२६ खुमलटार बस्ने बर्ष ६८ का कृष्ण बहादुर महरालाई आज पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime