Skip to content

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ निष्कासन, कति कित्ताका लागि दिने आवेदन ?

nabil bank

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमा १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय, ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख २३ हजार ९७५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँको २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्काशन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिनुपर्ने छ । आईपीओमा असोज २९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime