Skip to content

सेयर बजार राताम्मे, नीतिगत सहजताले पनि रोकिएन पहिरो

nabil bank

काठमाडौं । सरोकारावाला निकायले गर्ने नीतिगत सहजताले सेयर बजारलाई धेरै नै प्रभाव पर्ने गर्छ । तर, पछिल्लो समयमा भने त्यसको बिपरित भइरहेको छ ।

सेयर लगानीकर्ताले सेयर बजार र राष्ट्र बैंक सम्बन्धित रहने विभिन्न माग राखेका थिए । ती माग राष्ट्र बैंकले पुरा गर्दै आएको छ । पछिल्लो समय राष्ट्र बैंकले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था हटायो । यस्तै राष्ट्र बैंकले सेयर धितोमा एकल ग्राहक कर्जाको २५ करोडको सीमा पनि हटायो । यो लगानीकर्ताको लामाे समयदेखिको माग हो ।

लगानीकर्ताको मुख्य माग पुरा भएपछि बजारले सुधारको बाटो लिन्छ भन्ने धेरैको चाहना थियो । तर, नीतिगत सहजतामा पनि बजार सुधार हुन सकेको छैन । यसलाई केहीले जेनजी आन्दोलनसँग जोडेर हेरेका छन् । जेनजी आन्दोलनपछि बजारमा लगानी गर्न लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको चर्चा छ ।

आज साताको पहिलो कारोबार दिन बजारमा पहिरो नै चलेको छ । बजार मापन गर्ने सूचक ७८.८३ अंकले घटेर परिसूचक २५०३.३५ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि घट्न थालेको बजार अन्तिमसम्म कायमे रह्यो । कारोबार अवधि बजार राताम्मे बन्यो । कारोबारमा सबै समूहका उपसूचक राताम्मे भएका छन् ।

३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६२८ कित्ता सेयर ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा ९ कम्पनीको मूल्य बढेको छ भने २४२ कम्पनीको घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime