Skip to content

जेनजी आन्दोलनः सरकारी निकाय, अदालत, नेताका घरमा भएको आगजनी संगठित र पूर्वनियोजित हो- न्यूयोर्क टाइम्स

'जेनजी आन्दोलनबाट भएको क्षति नेपालको कुल गार्हस्थ्य उत्पादनको एक तिहाइभन्दा बढी हुनसक्ने'

nabil bank

काठमाडौं । भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनका विषयमा न्यूयोर्क टाइम्सले एक अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गरेको छ । भदौ २३ गते नेपालका प्रमुख सरकारी निकाय, अदालत, मन्त्रालय र नेताका घरमा भएको तोडफोड तथा आगजनिक आकस्मिक नभई संगठित र पूर्वनियोजित कार्य भएको जनाएको छ ।

आगोले सिंहदरबार, सर्वोच्च अदालत, मन्त्रालयहरू, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयदेखि लिएर वडास्तरका भवनहरू समेत नष्ट भए । राजनीतिक नेताहरूका निजी निवास, विद्यालय र व्यवसायिक भवनहरू पनि जले । एक मन्त्रीका अनुसार, त्यस दिनको क्षति नेपालको कुल गार्हस्थ्य उत्पादनको एक तिहाइभन्दा बढी हुनसक्ने न्यूयोर्क टाइम्सले जनाएको छ ।

आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा मात्रै ११० भन्दा बढी प्रहरी चौकीहरू जलेका छन् । गोलीकाण्ड भएको केही घण्टामै सामाजिक सञ्जालमा ‘रेडी–टु–युज’ भनिएका सूचीहरू भाइरल भएको समाचारमा उल्लेख छ । ती सूचीमा ‘भ्रष्टाचार र सञ्जालवादमा संलग्न’ भनिएका व्यक्तिहरूका नाम, ठेगाना र सम्पर्क विवरण दिइएका थिए । अर्को दिन दिउँसो ती मध्ये धेरै व्यक्तिहरूका घरमा आगो लगाइएको समाचारमा उल्लेख छ ।

त्यसक्रममा कार्यपालिका, विधायिका र न्यायपालिका सबै तहका भवनहरूमा क्षति पुगेको छ । न्यूयोर्क टाइम्सको अनुसन्धानमुलक रिपोर्टमा सिंहदरबारको मुख्य भवन आधा घण्टामै धुवाँले ढाकियो र केही समयमै ज्वालाले घेरिएको उल्लेख छ ।

साक्षीहरूका अनुसार, आगो अत्यन्त तीव्र गतिमा फैलिएको थियो । जसले भवनभित्र विशेष इन्धन वा रसायन प्रयोग गरिएको आशंका जन्माएको उल्लेख छ । अन्तर्राष्ट्रिय आगलागी अनुसन्धानकर्ता रिचर्ड ह्यागर भन्छन्, ‘केही घण्टामा सयौँ भवनहरू जल्नु कुनै आकस्मिक प्रतिक्रिया होइन । त्यस्तो समन्वयका लागि हप्ता होइन, महिना लाग्छ ।’

यता फायर साइन्स फोरेन्सिक्स सिंगापुरका केनेथकी का अनुसार, ‘भवनभित्र इन्धन कसरी पु¥याइयो ? सुरक्षाकर्मी किन हटाइए ? यी प्रश्नहरूले यो योजनाबद्ध षड्यन्त्र हो भन्ने सङ्केत गर्छ ।’ नेपाल प्रहरी फरेन्सिक प्रयोगशालाका शाखा प्रमुख पवन ढुंगाना पनि भन्छन्– ‘तस्बिरहरू हेर्दा लाग्छ सोडियम वा म्याग्नेसियमजस्ता रसायन प्रयोग गरिएको थियो । तर परीक्षण नभएसम्म निश्चित भन्न सकिँदैन ।’

यी रसायनहरू नियन्त्रणमा राखिएका पदार्थ हुन् । ‘सामान्य व्यक्तिले सजिलै खरिद गर्न सक्दैन । त्यस्ता रसायन प्रयोग गर्न प्राविधिक सीप र पहुँच आवश्यक हुन्छ’ समाचारमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime