Skip to content

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन ताेलाकाे २ लाख ४० हजारमाथि

nabil bank

काठमाडौं । सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको हो । सुनको मूल्य नै हालसम्मको उच्च हो । आइतबार  छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

असोज २३ गते कायम सुनको मूल्य २ लाख ३९  हजार २०० रुपैयाँलाई रेकर्ड ब्रेक गर्दै आज नयाँ उचाइ बनाएको हो । आज चाँदीको मूल्य भने तोलामा ९५ रुपैयाँले बढेर ऐतिहासिक उचाइ बनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाइ बनाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime