Skip to content

हिमालयन लाइफ इन्स्योरेन्समा ७ बुँदे मागसहित संघको आन्दोलन जारी (भिडियो)

nabil bank

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले साता दिनदेखी आन्दोलन जारी राखेको छ ।

संघले बीमितको न्यूनतम बोनस दर प्रति हजार ५० रूपैयाँ हुनुपर्ने भन्दै ७ दिनदेखि आन्दोलन जारी राखेको छ ।

आन्दोलनमा रहेको संघले विभिन्न ७ वटा माग राखेको छ । जसमा कम्पनीले बीमितको सर्वोपरी हित कायम गर्नुपर्ने, बीमितले पाउने बोनस प्रतिस्पर्धी कम्पनीसँग बराबर हुनुपर्ने रहेको छ ।

यस्तै ब्यवस्थापनको लापर्वाही नियन्त्रण गर्नुपर्ने, कम्पनी भित्र रहेको बेथितीको अन्त्य गर्नुपर्ने, बिभेदकारी नीति अन्त्य गर्नुपर्ने, बीमितको विश्वास माथीको खेलबाड गर्न बन्द गर्नुपर्ने र असक्षम प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले राजिनामा दिनुपर्ने माग रहेको छ । आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ ।

आन्दोलन कार्यक्रममा ऐकेबद्धता जनाउँदै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले यो कार्यलाई महत्वपूर्ण भूमिकाका साथ अघि बढाउने बताए । उनले श्रम ऐन अन्तर्गत रहेर बीमा प्राधिकरण, अर्थ मन्त्रालय लगायतका निकायमा लड्ने बताए । आन्दोलनमा संघबाट उपाध्यक्ष, २ जना सचिवले सहभागीता जनाएको जानकारी गराए । उनले आन्दोलन सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे । उनल बिमीतको अधिकार, हक हितका लागि पनि लडन सबैलाई आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime