Skip to content

हिमालयनमा रहेको हबिब बैंकको सेयर बेच्न राष्ट्र बैंकले दियो स्वीकृति

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सलाई बिक्री गर्न स्वीकृति दिएको छ । राष्ट्र बैंकको स्वीकृतिसँगै अब नेशनल लाइफले बैंकको सेयर खरिद गर्न पाउने भएको छ ।

हिमालयन बैंकमा रहेको सेयर पाकिस्तानको हबिब बैंकले बिक्री गरेको छ । त्यो सेयर नेशनल लाइफले किनेको हो । त्यसका लागि राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने थियो । राष्ट्र बैंकले हिमालयन बैंकलाई पत्र पठाउँदै नेशनललाई सेयर बिक्री गर्न भनेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्न गत साउन २९ गते सम्झौता गरेको थियो । बैंकको न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसामा सेयर बिक्री गर्न सूचना जारी गरेको थियो । तर, इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसाका दरले सेयर किनेको छ ।

हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७‍४५ कित्ता सेयर नेशनलले किनेको हो । नेशनलले हबिबको सेयर प्रतिकित्ता ११८‍.८८ रुपैयाँमा किनेको छ । हबिबको उक्त सेयरमा ३ अर्ब १६ करोड ३ लाख ६४ हजार २७० रुपैयाँमा नेशनलले लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गर्न पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था छ । हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत सेयर थियो भने नेशनल लाइफको १.२५ प्रतिशत सेयर स्वामित्व छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime