काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनासम्ममा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता चालु आवको दोस्रो महिनामा ९३ करोडले बचतमा रहेको छ ।
यो अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रहेको छ ।गत आवकोे सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रहेको थियो ।
भदौसम्म १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ७१ करोड रहेको थियो । यो अवधिमा वैदेशिक लगानी १ अर्ब ४४ करोड रुपैयाँले घटेको छ ।
भदौसम्म शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्