काठमाडौं । फोर्थिङको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालिले फोर्थिङ विशेष अफर ‘फोर्थिङ तिहार भाइभ’ घोषणा गरेको छ ।
उक्त अफर अन्तर्गत ग्राहकले फोर्थिङ फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो पाउन सक्नेछन् ।
यस्तै आकर्षक नगद छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म, निःशुल्क सर्भिसिङ, ७ किलोवाट होम चार्जर, स्पेयर टायर, १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
यो अफर असोज २७ कात्तिक ३ सम्म संचालन हुनेछ ।
नेपालमा फोर्थिङ ब्राण्डका ईभी साउनबाटत आयात हुन थालेको हो । फोर्थिङ फ्राइडे ईभीमा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । एकपटको फुलचार्जम ४०० किलोमिटरको रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
यसको भित्री डिजाइन आरामदायी, काममा सहज र स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै तयार गरिएको छ। यसका साथै, प्रिमियम मसाज स्पोट्र्स सिट समावेश गरिएको छ जसले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि थपिएको छ।






प्रतिक्रिया दिनुहोस्