Skip to content

सुन तस्करी प्रकरण: पूर्वसभामुख महरामाथि थुनछेक बहस आज

nabil bank

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुनेछ ।

आज थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाइने जनाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गरिएको छ ।

महरा विरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । महरा विरुद्ध विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

२०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेशमा शंका लागेपछि जाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime