Skip to content

कांग्रेस बैठक सानेपामा बस्दै सुरक्षामा कडाइ, प्रहरीसँगै नेविसंघ र तरुण दलका कार्यकर्ता पनि सुरक्षामा खटिए

nabil bank

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु हुँदैछ । बैठकअघि कार्यलय परिसरमा कडा सुरक्षा तैनाथि गरिएको छ ।

जेनजी आन्दोलनमा पिटिएका सभापति शेरबहादुर देउवा त्यसयता पहिलोपटक पार्टी बैठकमा सहभागी हुन लागेकाले सुरक्षा कडा बनाइएको हो । अहिले कार्यालयको गेट बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । साथै, कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका कार्यकर्ता पनि सुरक्षा दिने भन्दै उभिएका छन् ।

कांग्रेस नेताहरु बैठकमा आउने क्रम सुरु भएको छ । सुरक्षा संवेदनशीलता भन्दै केन्द्रीय सदस्यहरुलाई कार्यालयभित्र गाडी लैजान दिइएको छैन । पत्रकारहरुलाई पनि कडाइ गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime