काठमाडौं । सुन तस्करी आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले भएको थुनछेक बहस भएको थियो । आज न्यायाधीश हर्कबहादुर क्षेत्रीको एकmल इजलासले थुनामा पठाउन आदेश दिएको हो । यो सँगै महरालाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।
विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करीमा उनको संलग्नता देखिएको छ । भेपमा ल्याएको ९ किलो भन्दा बढी सुन भन्सारबाट छुटाउन महराले भूमिका खेलेका थिए ।






प्रतिक्रिया दिनुहोस्