Skip to content

कर्जाको साँवा ब्याज भुक्तानीको समय सीमा थप्न राष्ट्र बैंकसँग महासंघको आग्रह

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावां व्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरको छ ।

महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैकका कार्यबाहक गभर्नर डा।निलम ढुङ्गाना तिम्सिनालाई भेटेर यस्तो आग्रह गरेको हो ।

महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज मसान्त) मा कर्जाको सावां व्याजको किस्ता बुझाउने समय नजिकिंदै गर्दा देशका विभिन्न भागहरुमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेकोले क्षतिले ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले सावां व्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरिएको महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।

उनले यो समयमा भएका यी घटना बाहेक नेपालीहरुको महान चाड दशैंको कारण लामो समय सार्वजनिक विदा पर्न गएको र ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघ संस्थाहरुबाट समेत अनुरोध भैआएकोले राष्ट्र बैंक समक्ष यस्तो आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime