Skip to content

सुनको मूल्य तोलामा ४ सयले बढेर नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोल ४०० रुपैयाँले बढेर नयाँ रेकर्ड ब्रेक गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime