Skip to content

जीवन बीमा कम्पनीमा ९.१८ प्रतिशतले घट्यो पोलिसी सरेण्डर, साढे २ अर्ब बाहिरियो

nabil bank

काठमाडौं । जीवन बीमा कम्पनीको पोलिसी सरेण्डर तथा व्यतित गर्नेक्रम घट्दै गएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको दोस्रो महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीवन बीमा कम्पनीको पोलिसी सरेन्डर रकम ९.१८ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ५० करोड ७ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । यो रक गत आवको सोही अवधिको तुलनामा ९.१८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा २ अर्ब ७५ करोड ३३ लाख ३८ हजार रुपैयाँको पोलिसी सरेण्डर भएको थियो ।

प्राधिकरणका अनुसार सरेन्डर रकम सहित संख्या पनि घटेको छ । गत आवको भदौको तुलनामा चालु आवको सोही अवधिमा सरेन्डर गर्ने संख्या १९.४७ प्रतिशतले घटेर १५ हजार ८९८ रहेको छ । गत आवको सोही अवधिमा १९ हजार ७४१ रहेको थियो ।

दुई महिनाको अवधिमा जीवन बीमा कम्पनीबाट व्यतित बीमालेख रकम ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको दुई महिनाको तुलनामा ५.०७ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ रहेको थियो । प्राधिकरणका अनुसार व्यतित बीमालेखको संख्या १२ लाख १३ हजार ५६२ वटा पुगेको छ ।

गत आवको सोही अवधिमा ११ लाख ८० हजार ६१६ रहेका थिए । यो अवधिमा यस्तो संख्या २.७९ प्रतिशतले बढेको छ । बीमा कम्पनीमा पोलिसी सरेन्डरको समस्या आजको होइन । कम्पनीमा पोलिसी सरेन्डर बढ्दै जाँदा कम्पनीबाट ठूलो रकम बाहिरिने गरेको छ ।

पछिल्लो समय बिग्रदो देशको अर्थ व्यवस्थाका कारण पनि बीमा क्षेत्रमा पोलिसी सरेण्डर बढ्दै गएको छ । बिमीतले बीमा गर्दा आफ्नो आर्थिक अवस्थाको सही मूल्याङकन नगर्दा पनि सरेण्डर बढ्ने गरेको बताइन्छ । यस्तै बीमा कम्पनीको प्रतिनिधिले बिमीतलाई सही कुरा समयमा नै नबुझाउँदा ठूलो रकमको बीमा गर्ने र पोलिसी सरेण्डर हुने क्रम नघटेको बताइन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime