Skip to content

अकबरे खुर्सानीमा भेटियो बिषादी, खान अयोग्य

nabil bank

काठमाडौं । अकबरे खुर्सानीमा बिषादी भेटिएको छ ।

कालिमाटि फलफुल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको खुर्सानीमा अत्याधिक बिषादी भेटिएको हो ।

कालिमाटि फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार मकवानपुरकी किसान सावित्री बलामीले बिक्रीका लागी ल्याएको अकबरे खुर्सानीेमा ४९.०३२ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो ।

यस्तै सोहि ठाउँबाट बिक्रीका लागि अर्का किसानले ल्याएको अकबरे खुर्सानी पनि बिषादी भेटिएको छ ।

बजारका अनुसार मकवानपुर झंकनाथ रिमालले बिक्रीका लागी ल्याएको अकबरे खुर्सानीमा ५१.४४६ प्रतिशते अर्गानोफस्फेट भेटिएको हो ।

समितिका अनुसार तरकारीमा कार्वामेट र अर्गानोफस्फेट ३५ प्रतिशत भन्दा कम भयो भने खान योग्य मानिन्छ ।

यस्तै ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म भयो भने केही दिन राखेर खान सकिन्छ भने ४५ प्रतिशत भन्दा बढी भेटियो भने खान अयोग्य मानिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime