Skip to content

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थामा ४२ जनालाई रोजगारीको अवसर

nabil bank

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ४२ जनाका लाािग आवेदन खुला गरेको छ ।

संस्थाले सहायक द्धितीय पदका लागि ३० जना, सहायक प्रथम पदका लागि १ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) पदका लागि १० र सुपरभाइजर (शाखा प्रमुख) पदमा १ जनासहित ४२ जनाका लागि आवेदन खुला गरेको हो । चार पदका लागि फरक फरक योग्यता तोकिएको छ ।

कम्पनीमा सहायक दितीय पदमा आवेदन दिन १८ वर्ष पुरा भर्इ ३५ ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । सहायक दितीय पदमा आवेदन दिनका लागि एसएलसी वा एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । परीक्षामा कम्तिमा १.६ जिपिए ल्याएको हुनुपर्नेछ ।

यस्तै लघुवित्त वित्तीय संस्थामा ३ वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । स्नातक तह उत्तिर्ण गरेकालाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

यस्तै सहायक प्रथमका लागि आवेदन दिन १८ वर्ष पुरा भइ ३५ ननाघेको हुनुपर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । यो पदमा आवेदन दिनका लागि एसएलसी वा एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । परीक्षामा कम्तिमा १.६ जिपिए ल्याएको हुनुपर्नेछ । यस्तै लघुवित्त वित्तीय संस्थामा ३ वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । स्नातक तह उत्तिर्ण गरेकालाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

बरिष्ठ सहायक (शाखा प्रमुख) पदमा आवेदन दिनका लािग १८ वर्ष पुरा भइ ३५ ननाघेको हुनुपर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । यो पदमा आवेदन दिनका लागि प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ । यस्तै एसएलसी वा एसईई सरहको परीक्षा उत्तीर्ण गरेर बैंक तथा वित्तीय  संस्थामा कम्तीमा ३ बर्षको अनुभव भएको हुनुपर्ने छ ।

स्नातक तह उत्तीर्ण भई लघुवित्तमा कम्तिमा ५ बर्ष कार्यानुभव भई कम्तीमा ३ बर्ष शाखा प्रमुखको जिम्मेवारी निर्वाह गरेकोलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

यस्तै सुपरभाइजर (शाखा प्रमुख) पदमा आवेदन दिनका लागि प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ । यस्तै एसएलसी वा एसईई सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ बर्षको अनुभव भएको हुनुपर्ने छ । स्नातक तह उत्तीर्ण भई लघुवित्तमा कम्तिमा ४ बर्ष शाखा प्रमुखको जिम्मेवारी निर्वाह गरेकालाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाको छ । आवेदन कात्तिक २१ गतेसम्म दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime