Skip to content

दुई महिनामा वाणिज्य बैंकले कमाए साढे १६ अर्ब नाफा, ग्लोबल र नबिलको प्रतिस्पर्धा 

nabil bank
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकले साढे १६ अर्ब रुपैयाँ बराबर नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाउन सफल भएका हुन् ।
यस अवधिसम्म सबैभन्दा धेरै नाफा भएको बैंक ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले चालु आवको दुई वर्षमा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा सबैभन्दा धेरै कमाउने दोस्रो बैंक नबिल बैंक रहेको छ । यस बैंकले चालु आवको दोस्रो महिनासम्म आउँदा १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
नाफा सबैभन्दा धेरै आर्जन गर्ने तेस्रो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले चालु आवको दोस्रो महिनासम्म आउँदा १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यसैगरी,  एक अर्बभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंकहरु कुमारी बैंक, प्राइम कमर्सियल बैंक र एनएमबि बैंक रहेका छन् ।
यसैगरी, ९० करोडमाथि नाफा कमाउन सफल बैंक लक्ष्मी बैंक र एभरेष्ट बैंक रहेका छन् । यस अवधिसम्म आउँदा ८० करोड माथि नाफा कमाउने बैंक राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सानिमा बैंकको नाफा ७० करोड रुपैयाँ माथि रहेको छ ।
यसैगरी, प्रभु बैंकको नाफा ६० करोड रुपैयाँभन्दा माथि रहेको छ भने कृषि विकास बैंक, सिजिटन्स बैंक र स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा ५० करोड रुपैयाँ माथि रहेको छ ।  यसैगरी, एनआईसी एसिया बैंक र माछापुच्छ्रे बैंकको नाफा ४० करोड रुपैयाँ माथि छ ।  हिमालयन बैंक र नेपाल एसबिआई बैंकको नाफा ३० करोड रुपैयाँभन्दा माथि रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime