काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले कात्तिक ३० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
सभा बोलाएको कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने जनाएको छ । कात्तिक १९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्